काठमाडौं,१५ पुस । नेपाली कांग्रेसको संस्थापन समुहमै महाभारत लडाईं सुरु भएको छ । चार नेताको कारण मुखैमा आएको सत्ता गुमेको भन्दै सभापति शेरबहादुर देउवा समुहभित्रै चर्काे बिवाद देखिएको हो ।
बिवाद बढदै जाँदा कांग्रेस संस्थापन समुहका सदस्यबीचमै पानी बारावारको अवस्था सिर्जना भएको छ । संस्थापन समुहका एक पदाधिकारीका अनुसार प्रवक्ता डा. प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्कीले सभापतिलाई गलत सल्लाह दिएर फसाएको भन्दै कडा आपत्ति जनाएका छन ।
सभापति देउवाकी पत्नीसमेत रहनुभएकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवालाई पनि संस्थापन समुहले कडा बिरोध गरेको छ । ‘कहिल्यै चुनाव नजिते पनि सभापति देउवालाई आफ्नो काबुमा राखेर महतले डुवाए, यसपटक महत र कार्की नै कांग्रेसको हरिबिजोग बनाउने प्रमुख खलनायकका रुपमा देखिए,’ देउवा निकट एक केन्द्रीय सदस्यले जनताटाइम्स डटकमसँग भने । ती नेताका अनुसार प्रधानमन्त्रीको दावी पेश गर्ने अन्तिम दिन सभापति देउवालाई महत, कार्की र आरजुले नै घेरावन्दी गरेर पूर्वसहमतिबाट पछि हटन बाध्य पारेको र गलत सूचनाको सिकार बनाएका हुन ।
‘देउवाले प्रचण्डलाई सभापति दिने सहमति गरिसक्नु भएको थियो, उपसभापति पूर्णबहादुर खडकाले सवै कुरा मिलाउनु भयो तर उहाँमाथि नै प्रकाशशरण जाइलागेर आपत्ति जनक शब्द प्रयोग गरे,’ ती नेताको भनाई छ । उनका अनुसार प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्न खडकाले प्रस्ताव राख्दा ‘तपाई को सँग कुरा गर्दै हुनुहुन्छ ?’ भन्दै प्रकाशशरण जंगिनु भएको थियो । जवाफमा उपसभापति खडकाले ‘म मेरो सभापतिसँग कुरा गर्दैछु महतजी’ भन्दै जंगिनुभएको थियो ।
सो घटनापछि संस्थापन समुह बिभाजित बनेको छ । सो समुहले डा. महत र कार्कीलाई टीमबाट निकाल्न देउवामाथि दवाव बढाएको छ । प्रदेश १ को संसीय दलको नेतामा पूर्वसञ्चारमन्त्री कार्कीले संस्थापन इतर समुहका उम्मेदवारलाई सघाएर टीमका उम्मेदवार हराएपछि सो समुह झनै उग्र बनेको छ ।
संस्थापन समुहका बहुमत नेताहरुले देउवालाई महत र कार्कीलाई कार्वाही नगरे आफूहरु केन्द्रीय समिति बैठकमै कडा रुपमा प्रस्तुत हुने धम्कीसमेत दिएको छ । संस्थापन समुहभित्रको तुष ढदै जाँदा उपसभापति खडका र बालकृष्ण खाण एकातिर, कार्की र महत अर्काेतिर देखिनुभएको छ । ‘यी चार नेता एकले अर्काेलाई सिध्याउने गरी लाग्नुभएको छ, अव संस्थापन टीम एकै ठाउँमा रहने अवस्था छैन,’ देउवा निकट ती नेताको भनाई छ ।
जनताटाइम्स डटकमबाट




















