काठमाडौँ,१६ पुस । नेकपा एकीकृत समाजवादीले आफूहरुलाई राष्ट्रपतिकाे प्रस्ताव नआएकाे बताएकाे छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बन्न कतैबाट प्रस्ताव नआएकाे बताउनुभयाे ।

पार्टी अध्यक्षसँग नेकपा एमालेले आधिकारिक रुपमा पार्टी एकता र राष्ट्रपति बन्ने प्रस्ताव नगरेको उहाँकाे भनामइ थियाे ।