काठमाडौँ,१६ पुस । नेकपा एमालेका उपहासचिव प्रदीप ज्ञवालीले एमाले सिध्याउँछाैं भन्नेहरुलाई जनताले जवाफ दिएका बताउनुभएकाे छ ।

रिटर्नी फेडरेशनको पहिलो स्थापना दिवसलाई शनिबार काठमाडाैंकाे धुम्बाराहीमा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले वामपन्थी सरकार ढालेर दक्षिणपन्थीकाे सरकार बनाउनेहरुलाई मंसिर ४ काे चुनावमा जनताले जवाफ दिएका बताउनुभयाे ।

एमालेलाई विभाजन गरेकाे फल माधव नेपालकाे पार्टीले ब्यहाेरेकाे उहाँले बताउनुभयाे । 'एस भनिने एउटा समूह अस्तित्वकाे लडाइँमा छ, राष्ट्रिय दल पनि बन्न सकेन, दुईटा प्रधानमन्त्रीले नेतृत्व गरेकाे पार्टीले, अस्ती भर्खर बनेका पार्टीहरुकाे आधा पनि सिट ल्याउन नसक्ने ठाउँमा त्याे पुग्याे, पाप धुरीबाट कराउँछ भन्छन् हिजाे कम्युनिष्ट आन्दाेलन समाप्त पार्न जे खालका घात भएका थिए त्यसकाे उचित जवाफ जनताले दिए ।'

माओवादी केन्द्रसँग अहिले एमाले सहकार्यमा रहेपनि विगतमा माओवादीले लिएकाे बाटाे गलत भएकाे बताउनुभयाे । अस्थिर र अवसरवादी गतिविधिका कारण माओवादीकाे शक्तिमा क्षय भएकाे देखिएकाे उपमहासचिव ज्ञवालीले बताउनुभयाे । त्याे प्रवृत्तिलाई पनि जनताले चुनावमा मूल्यांकन गरेका उहाँले बताउनुभयाे ।

मंसिर ४ काे चुनावमा एमालेभित्र केही संगठनात्मक अराजकता पनि देखिएकाे र टिकट नपाउँनासाथ पार्टी विरुद्ध उभिने गलत प्रवृत्ति देखिएका उपहासचिव ज्ञवालीले बताउनुभयाे । त्यसले एमालेकाे अग्रगतिमा वाधा सृजना गरेकाे उहाँकाे भनाइ छ । अनेक घेराबन्दी र षड्यन्त्रबीच पनि एमालेले पाएकाे सफलता निक्कै ठूलाे रहेकाे बताउनुभयाे ।

विगतमा एमाले विभाजन गर्ने र एमाले नेतृत्वकाे सरकार ढाल्नेहरुलाई अझै नबिर्सिएकाे विगतमा एमाले विभाजन गर्ने र एमाले नेतृत्वकाे सरकार ढाल्नेहरुलाई अझै नबिर्सिएकाे बताउनुभयाे ।

एमाले र माओवादी केन्द्रकाे एकतालाई सहज भन्न नसकिएपनि एमालेकाे विभाजन सहज नभएकाे उहाँले बताउनुभयाे । उपमहासचिव ज्ञवालीले एमालेलाई जाेगाउन भन्नुभयाे - 'एमालेकाे विभाजन र एमालेलाई सरकारबाट विस्थापनबाट गर्नकाे निम्ति गरिएका यावत क्रियाकलापहरु त्यसलाई जस्टिफाइ गर्न सकिन्छ ? त्यसलाई सहज ढंगले लिन सकिन्छ ? सकिँदैन, पूर्वाग्रह राख्दैनाैं हामी, तर यसलाई हेक्कामा त राख्नैपर्छ र याे कुरामा गम्भीर रियालइजेशन बेगर अरू धेरै कुरा सम्भव छैन ।'

सरकारलाई विश्वासकाे मत देउ भन्ने कुरा स्वभाविक भएपनि एमाले फुटाउने क्रियाकलाप गलत भएकाे उहाँले बताउनुभयाे । 'सरकारलाई विश्वासको मत देऊ भन्ने कुरा, सरकारको दायरा फराकिलो बनाउन एकाध पोर्टफोलियो दिने कुरा स्वाभाविक होला, तर जुन कष्ट र आँधी हुरीका साथ, जुन आँधीहुरीका साथ एमालेको डुंगालाई यहाँसम्म ल्याइपुर्‍याउनुभएकाे छ, त्याे आँधी तुवाफन चलिरहेका बेला सतिसाल जस्ता कार्यकर्ताको भावनाविपरीत कुनै निर्णय हुँदैन, त्यसैले तनावमुक्त भएर पार्टी निर्माणमा लाग्न आग्रह गर्छु ।'

अबकाे ४ वर्ष पार्टी सुद‍ृढीकरणकाे वर्ष हुने उहाँले बताउनुभयाे ।