कपिलवस्तु,१६ पुस  । कलाकार दुर्गेश थापामाथि आक्रमण भएको छ । कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवमा शनिबार थापामाथि आक्रमण भएको हो ।

मञ्चमा प्रस्तुति दिइरहेका थापामाथि ढुंगा प्रहार भएको थियो । त्यसपछि उनको प्रदर्शन रोकिएको थियो । आक्रमणपछि महोत्सव स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पल शाह प्रहरणमा शाहलाई फसाउन किशोरीलाई सहयोग गरेको भन्दै थापा विवादमा तानिएका थिए । त्यसपछि उनीमाथि शाहका समर्थकले सामाजिक सञ्जालमा चर्को आलोचना गरेका थिए ।

उनीमाथि कसले आक्रमण गर्यो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ । व्यापार संघ कपिलवस्तुले आयोजना गरेको महोत्सव पुस २१ गतेसम्म सञ्चालन हुनेछ।