काठमाडाैं,२१ पुस । नेकपा एमाले प्रदेश-१ प्रदेश सभा संसदीय दलकाे प्रमुख सचेतकमा रेवतीरमण भण्डारी चयन हुनुभएकाे छ ।
बिहीबार विराटनगरमा बसेकाे एमाले प्रदेश-१ संसदीय दलकाे बैठकले भण्डारीलाई सर्वसम्मत रुपमा प्रमुख सचेतकमा चयन गरेकाे हाे ।
मंसिर ४ गते सम्पन्न चुनावमा भण्डारी सुनसरी २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे । एमालेले हिक्मतकुमार कार्कीलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरिसकेको छ ।
प्रदेश-१ को प्रदेश सभामा एमालेका ४० जना सांसद छन् ।



















