काठमाडौं,२२ पुस । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडा बालुवाटार पुग्नुभएको छ । खतिवडा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संक्षिप्त भेटवार्ता गरेर केहीबेर अघि बालुवाटारबाट निस्कनुभएको छ ।
नेकपा एसका प्रवक्ता खतिवडा बिहान साढे ७ बजे बालुवाटार जानुभएको र प्रधानमन्त्रीसँग आधा घण्टा कुराकानी गर्नुभएको बुझिएको छ । तर प्रधानमन्त्री र एकीकृत समाजवादीका प्रवक्ताबीच भएको भेटवार्ताको विस्तृत विवरणवारे दुबै पक्षले जानकारी गराएका छैनन् ।
पार्टीको झण्डै एक साता लामो विभिन्न बैठकपछि उपमहासचिव तथा प्रवक्ता खतिवडाले प्रधानमन्त्रीलाई भेट्नुभएको हो । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीसँग सरकारमा सहभागी हुने इच्छा जनाएको बालुवाटारस्रोतले वनाएको छ । जनताटाइम्स बाट




















