जनकपुरधाम,२४ पुस । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको मधेस प्रदेश कमिटी गठन भएको छ । पुस २३ गते जनकपुरधाममा भएको पहिलो अधिवेशनबाट अनिरूद्र झाको अध्यक्षतामा १९ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो  । 

त्यसैगरी कमिटीको उपाध्यक्षहरूमा सञ्जय साह, रामकुमार कटवाल सचिवमा मनोज झा, सहसचिवमा खगप्रसाद गौतम, सूर्यकुमार सिंह कोषाध्यक्षमा अर्जुन झा र सदस्यहरूमा हर्ष नारायण पाठक , पंकज बहादुर मगर, बिशेस्वर ठाकुर, सत्य नारायण यादव, पुष्पराज अर्याल, रामनारायण शाह, राहुल घिसिङ, नन्द किशोर प्रशाद कलवार, शुकबहादुर गुरुङ, बिरेन्द्रकुमार यादव र  राकेशकुमार यादव लगायत रहेका छन् । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भीमज्वाला राईको प्रमुख आतिथ्यतामा  पहिलो अधिवेशन सम्पन्न भएको थियो । 

324624930_579025777045195_1805265711200018285_n