काठमाडौं,२५ पुस । सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको छ । दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा बाँकी रहेका ६ वटा प्रदेशको पनि बाँडफाँट भएको हो ।
यस्ताे छ भागवण्डा
मुख्यमन्त्री
प्रदेश १ – एमाले
मधेश प्रदेश - जनता समाजवादी र जनमत पार्टी आलोपालो
बाग्मती – माओवादी केन्द्र र एमालेले पालैपालो
गण्डकी र लुम्बिनी प्रदेश– एमाले
कर्णाली – माओवादी केन्द्र
सुदूरपश्चिम – एमाले र माओवादी आलोपालो ।
सभामुख:
मधेस र कर्णाली प्रदेश – एमाले सभामुख
प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम – माओवादी
बाग्मती – राष्ट्रिय प्रजातन्त्र पार्टी
उपसभामुख:
प्रदेश १ र गण्डकी- एमाले
बागमती र कर्णाली- माओवादी
लुम्बिनी- राप्रपा
मधेश प्रदेश- जनमत पार्टी
सुदूरपश्चिम- नागरिक उन्मुक्तिलाई प्रस्ताव




















