पोखरा,२५ पुस । नेकपा एमालेका नेता खगराज अधिकारीले ३३ जना सांसदको समर्थनसहित गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । जानकारी अनुसार नेकपा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र नेकपा एकीकृत समाजवादीका एक सांसदहरु रहेका छन ।
अधिकारीको नियुक्ति र शपथ आजै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते ५ दिनको समय दिएर संविधानको धारा १६८ उपधारा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न दलहरूलाई आह्वान गरेका थिए । सोही अनुरुप उनले आज दावी पेश गरेका हुन ।




















