कास्की,४ माघ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले पोखरा इन्जिनियरिङ्ग कलेजको स्वतन्त्र विद्यार्थी परिषद्को निर्वाचनमा आफ्ना उम्मेदवारहरु घोषणा गरेको छ । माघ ६ गते हुने स्वतन्त्र विद्यार्थी परिषद्को निर्वाचनमा अनेरास्ववियुले प्यानल नै उम्मेदवारहरु घोषणा गरेको हो ।

केहिदिन अघि पोखरामा बसेको अनेरास्ववियुको बैठकले सभापतिमा वीरेन्द्र जि.सि,सचिवमा स्वस्तिका पौडेल कोषाध्यक्षमा राज अमृत सुवेदीलाई उम्मेदवारको रुपमा घोषणा गरेको अनेरास्ववियुका महासचिव समिक बडालले जानकारी दिए । 

326450170_947435939995599_486970730608230637_nत्यसैगरी प्रत्यक्ष तर्फका सदस्य पदमा  शंकर पौडेल,अलिसा गौतम,सरोज पौडेल,एवन पौडेल र समानुपातिक तर्फका सदस्य पदमा अग्रता शर्मा,सन्दीप गिरि,पल्लबी किरण भट्टराई, प्रबिण ज्ञवालि लाई अनेरास्ववियुले उम्मेदवार बनाएको छ । रिक्त रहेको उपसभापति पदमा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुले चयन गरिने सभापति पदका उम्मेदवार वीरेन्द्र जि.सि.ले बताए ।

यो पनि पढ्नुहोस- अनेरास्ववियुको पदाधीकारीमा जीबी गजलको दाबी

नेपाली विद्यार्थी आन्दोलनको सर्बाधिक ठूलो र शक्तिशाली संगठन अनेरास्ववियुको जित नै सम्पुर्ण विद्यार्थीहरुको हित हुने कुरा महासचिव बडालले बताए। विधार्थीहरुका हक र अधिकारका लागि लड्दै आएको बिधार्थिहरुको लोकप्रिय संगठन भएको कारण  जित सुनिश्नित हुने अनेरास्ववियुका नेता कार्यकर्ताहरुको दाबी रहेको छ ।