इटहरी,५ माघ । नेकपा (एमाले)को भातृ संगठन अनेरास्ववियुको पदाधीकारीमा चर्चित विद्यार्थी नेता जीबी गजलले आफ्नो दाबी रहेको बताएका छन् ।
काठमाडौंमा यहि फागुन २ गते देखि ४ गते सम्म हुने अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनबाट हुने नयाँ कमिटीको पदाधीकारीमा दाबी पेश गरेका हुन् ।
राजनीति संगै साहित्य क्षेत्रमा राम्रो दखल भएका गजल बहुप्रतिभाको धनीकारुपमा परिचित छन् । कम्युनिष्ट पार्टीको विचार र अनेरास्ववियुका नेता कार्यकर्ताहरुको जुझारुपनको कारण माविमा अध्यन गर्दै गरेको समयदेखिनै अनेरास्ववियुमा आवद्द भएको गजल बताउछन ।
गजलले अनेरास्ववियु सुनसरी जिल्ला कमिटीको अध्यक्ष र नेकपा कालमा एकताको पनि अध्यक्ष भई सफल नेतृत्व गरिसकेका छन् । गजल नेकपा एमालेको सुनसरी जिल्ला कमिटीको निर्वाचित जिल्ला सदस्य हुन् भने पार्टीले उनलाई विद्यार्थी स-इन्चार्ज एवं प्रचार बिभाग उपप्रमुखको जिम्मेवारी दिएको छ । हाल उनि अनेरास्ववियुको केन्द्रिय सचिवालय सदस्यको समेत जिम्मेवारीमा छन् ।
पोखरा इञ्जिनियरिङ कलेजमा स्वतन्त्र विद्यार्थी परिषद् चुनाव,यी हुन् अनेरास्ववियुका उम्मेदवार
शैक्षिक आन्दोलन होस् या हरेक आन्दोलनमा अग्रभागमा देखिने गजल अनेरास्ववियुको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने युवा नेता भएको अनेरास्ववियुका पुर्व केन्द्रिय सदस्य तथा धनकुटा क्याम्पसको पुर्व स्ववियु सभापति टिकाराम घिमिरे बताउछन ।
जतिखेर हामि बिधार्थी राजनीतिमा थियौ त्यतिबेला नयाँ पुस्तामा राम्रो नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने क्षमता भएको भन्दै गजलको बारेमा अनेरास्ववियुको नेतृत्व मात्र नभै पार्टीका नेताहरुले समेत गजलको चर्चा र तारिफ गर्ने गरेको अनेरास्ववियुका अर्का पुर्व केन्द्रिय सदस्य तथा सुकुना क्याम्पसका पुर्व स्ववियु सभापति बद्री अर्याल बताउछन ।
अहिलेको अवस्थामा अनेरास्ववियुमा अलिक सुस्तपन आएको छ यस्तो अवस्थामा गजललाई उचित भूमिका दिए संगठन लाई ठुलो फाईदा हुने प्रदेश १ का धेरैजसो विद्यार्थी नेता कार्यकर्ताहरुको भनाई रहेको छ ।
अनेरास्ववियु प्रदेश १ को उत्कृष्ट ३ भित्र पर्न सफल भएकोमा पुरस्कृत समेत भएका गजलले पदाधिकारीमा पनि सचिव पदका लागि नेता तथा कार्यकर्ताहरु,शुभचिन्तकहरु आफुले कुरा गरिरहेको बताए ।अनेरास्ववियु को बिधान अनुशार केन्द्रिय कमिटीमा १० जना सचिव हुने व्यवस्था रहेको छ ।






















