काठमाडौँ,५ माघ । नेकपा (एमाले ) निकट विद्यार्थी संगगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन आगामी फागुन २–४ मा काठमाडौँमा हुँदै छ । आगामी अध्यक्षका लागि तीन जना मुख्य दाबेदार छन् । वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष लोकेश निरौला र महासचिव समिक बडाल भावी नेतृत्वका लागि आन्तरिक तयारीमा जुटेका छन् ।

तीनै जना २०औँ महाधिवेशन जनकपुरबाट निर्वाचित केन्द्रीय सदस्य हुन् । २०औँ महाधिवेशनअघि २०६७ मा भएको काठमाडौँ क्याम्पस जिल्ला कमिटीको अध्यक्षमा लामिछाने र निरौलाले प्रतिष्पर्धा गरेका थिए । जहाँ निरौला निर्वाचित भएका थिए । २२ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंबाट लामिछाने र बडाल सचिवमा निर्वाचित भएका थिए भने निरौला सचिवालय सदस्यमा निर्वाचित  थिए ।

२०६२ को स्ववियु निर्वाचनमा बानेश्वर क्याम्पस, बानेश्वरमा  नविना लामा सभापतिमा निर्वाचित हुँदा निरौला उपसभापतिमा निर्वाचित भएका थिए । २०६२ कै स्वबियु निर्वाचन मा त्रि-चन्द्र क्याम्पसमा  बडाल स्वबियु सदस्यमा निर्वाचित भएको थिए ।

यो पनि पढ्नुहोस : अनेरास्ववियुको पदाधीकारीमा जीबी गजलको दाबी

पोखरा इञ्जिनियरिङ कलेजमा स्वतन्त्र विद्यार्थी परिषद् चुनाव,यी हुन् अनेरास्ववियुका उम्मेदवार

उपाध्यक्षहरू मोती विक, वाङ्छु योञ्जन, उमेश आचार्य, झपीन्द्र खत्री र कल्पना वाइवा पनि अनेरास्ववियुको अध्यक्षका आकांक्षी छन् ।

कालिका खवरबाट