काठमाडौं,७ माघ । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राणा मगर निर्वाचित भएकी छन् ।
प्रतिनिधिसभाले आफ्ना प्रतिद्वन्द्वी मुक्ताकुमारी यादवलाई पराजित गर्दै १६६ मत प्राप्त गरेपछि मगर निर्वाचित भएकी हुन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६४ जनाले निर्वाचनमा भाग लिएका थिए ।
प्रतिनिधिसभाको उपसभामुखका लागि मगर र यादवले हिजो उम्मेदवारी दर्ता गराएका थिए । राणा मगरलाई सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा लगायत राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेको थियो ।
यादवलाई कांग्रेससहित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समर्थन गरेको थियो ।




















