धनगढी,७ माघ। नेकपा एमालेले कारबाही गरेकी केन्द्रीय सदस्य गङ्गा थारुले आफूले पार्टी त्याग नगरेको दाबी गरेकी छन्।

शनिबार प्रेस चौतारी नेपाल कैलालीको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले आफूलाई नेकपा एमालेले केन्द्रीय कमिटीबाट कारबाही गरेर निकालेको बताउँदै आफूले पार्टी नछाडेको दाबी गरिन्।

उनले भनिन्, ‘मलाई एमालेले केन्द्रीय कमिटीबाट हटाएको छ। तर, म एमाले पार्टीमै छु। टाढा गएकी छैन। अहिले पनि पार्टीका अध्यक्ष केपीशर्मा ओलीसंग कुरा भैरहेको छ। म एमालेमै फर्किन्छु।’

यो पनि पढ्नुहोस-राष्ट्रपति चुनावकाे तयारी राम्रो छ : केपी ओली

326343826_1135099323869991_413956690372841033_n

यस्तै एमालेमा आफू ८ कक्षामा पढ्दादेखि एमालेमा लागेको र अब फेरि एमालेमै सक्रिय बन्ने उनको भनाइ छ। यसअघि प्रतिनिधि सभा निर्वाचनका बेला उनी एमाले त्यागेको भन्दै स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडेकी थिइन्। तर निर्वाचित हुन सकिनन्।