इटहरी,११ माघ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले सुनसरी  जिल्ला स्तरीय अन्तर कलेज बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । 

जिल्ला कमिटी महिला बिभागको आयोजनामा सम्पन्न उक्त बक्तृत्वकला प्रतियोगितामा ११ वटा कलेजका १६ जना महिला प्रतियोगीहरुसहभागी  रहेका थिए ।

327416038_1172863880265638_2956779592448479639_n"नेपालको राजनैतिक परिवर्तनमा महिलाहरुको भुमिका" भन्ने बिषयमा भएको उक्त बक्तृत्वकला प्रतियोगितामा केन्द्रिय प्रबिधि क्याम्पस हात्तीसार धरानका स्नेहा खरेल  प्रथम र  मेघना भुजेल दितिय भएका छन् ।

त्यसैगरी कस्तुरी कलेज इटहरीकी जमुना शेर्पा तृतीय भएकी थिइन् भने जनता बहुमुखी क्याम्पस इटहरीकी दिया ढकाल  र कोशी कलेज इटहरीकी सरस्वती ढकाल सान्त्वनाभएका थिए । 

324874931-3309182562678590-8076752629071648188-n 1 प्रतियोगितामा प्रथम पुरस्कार नगद पाँचहजार, दितिय पुरस्कार चार हजार तृतीय पुरस्कार तीन हजार र सान्त्वनालाइमा एक-एक हजार रुपयाँ  नगद सहित प्रमाण पत्र प्रदान गरिएको अनेरास्ववियुका नेता जीवी गजल जनाजारी दिए  । 

बिजयी प्रतियोगीहरुलाई कार्यक्रमको प्रमुख अतिथी नेकपा एमाले १ न.प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद यशोदा कायस्थ र विशेष अतिथी अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष लोकेश निरौलाले प्रदान गरेका थिए ।

उक्त प्रतियोगितामा प्राध्यापक एबम साहित्यकार टिका आत्रेय,प्राध्यापक नवीन शर्मा र टेलिभिजन कर्मी एबम पत्रकार भुमिका पाख्रीनले निर्णयाकको भूमिका निर्वाह गरेका थिए । 

326877463_1232564437468677_424443045717517799_nअनेरास्ववियु सुनसरी सचिवालय सदस्य एबम महिला बिभाग प्रमुख अब्धी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जीवी गजल अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य एबम नेकपा एमाले सुनसरी जिल्ला कमिटी सदस्य जीवी गजल,जनता बहुमुखी क्याम्पस इटहरीका सहायक क्याम्पस प्रमुख डा.टोलनाथ काफ्ले, एमाले इटहरी उपमहानगर सचिवालय सदस्य रन्जु सिग्देल,अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य मोनालिशा श्रेष्ठ अनेरास्ववियुका नेताहरु रोशन रेग्मी नवराज खड्का रिजेन भट्टराई,प्राध्यापक उमेश खड्का  लगायतको आतिथ्यता रहेको थियो ।

327278536_3483637348535738_8888727169231929807_nइटहरीको जनता बहुमुखी क्याम्पसमा मंगलबार उक्त प्रतियोगितालाई सफल बनाउन विधार्थी नेताहरु रमेश श्रेष्ठ,नरेन्द्र ढुङ्गेल,उज्वल सिग्देल,अनुप ढुङ्गेल,दिपा चेम्जोङ,प्रतीक खतिवडा,आदित्य खड्कनबिन खरेल,नम्रता ढुंगाना,एलिना भण्डारी ,प्रदीप खड्का ,लगायत को विशेष भूमिका रहेको थियो ।  इटहरीको जनता बहुमुखी क्याम्पसमा मंगलबार भएको कार्यक्रममा मनिशा ढुंगानाले स्वागत मन्तव्य गरेकी थिइन् भने आरती राईले  कार्यक्रम संचालन गरेकी थिइन् । 

देशका धेरै जसो क्याम्पसको स्ववियुको निर्वाचनमा जित हासिल गर्न सफल भई विधार्थीहरु माझ लोकप्रिय  भएको संगठन अनेरास्ववियुले फागुन २-४  सम्म काठमाडौंमा ऐतिहासिक २३ औ राष्ट्रिय सम्मेलनको तयारी गरेको छ ।

यो पनि पढ्नुहोस -

अनेरास्ववियुको पदाधीकारीमा जीबी गजलको दाबी

327157526_1325354714981786_1752416475041828567_n