काठमाडौँ,१९ माघ ।नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युबा संघ नेपालको केन्द्रीय कमिटीको तेस्रो पुर्ण बैठक हेटौडामा सुरु भएको छ ।

1675330963-2अध्यक्ष किरण पौडेलको अध्यक्षतामा सुरु भएको बैठकमा प्रदेश इन्चार्ज बाट जिल्ला तथा प्रदेशको रिपोर्टिङ,पदाधिकारी बैठकका निर्णय अनुमोदन साथै लुम्बिनी प्रदेशको नेपालगन्जमा आसन्न चैत्र अन्तिममा हुने राष्ट्रिय महाधिवेशनको बिषयमा पनि बैठकमा विशेष छलफल हुनेछ।

1675331164-4बैठकमा नेकपा एमाले स्थाई कमिटी सदस्य तथा मोर्चा समन्वय फाट इन्चार्ज भानुभक्त ढकाल, स्थाई कमिटी सदस्य काशिराज दाहाल, पोलिटब्युरो सदस्य तथा संघका इन्चार्ज महेश बस्नेत,पुर्व अध्यक्षहरु निरुदेवी पाल ,राजिव पहारी लगायतका नेताहरुले बैठकमा सम्बोधन गर्नेछन ।

1675331140-5बैठकको पहिलो दिन ४ वटा प्रस्तावहरुमा छलफल हुने र बैठकको दोस्रो दिन पार्टी नेताहरु बाट प्रशिक्षण रहने पनि युबा संघले जनाएको छ। बैठकमा सहभागी हुन देशैभर बाट केन्द्रिय कमिटीका सदस्यहरु हेटौंडा आइपुगेका छन ।

1675330068-meeting yuba