गाईघाट,२३ चैत । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राइले नेपाली कांग्रेसका कारण देश अस्थिरतातिर धकेलिएको बताउनु भएको छ। नेकपा एमाले प्रदेश सभा निर्वाचन क्षेत्रिय समन्वय कमिटी १ (ख) उदयपुरले आयोजना गरेको मध्यावधी समिक्षा तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता राइले सो कुरा बताउनु भएको हो।
बुधवार गाइघाट स्थित पार्टी कार्यालयमा भएको कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका राइले नेकपा एमालेलाई बाहिर राखेर देशमा विकास र समृद्धी ल्याउछु भन्नु हास्यास्पद तर्क हुने बताउनु भयो।
वहाँले बर्तमान सत्तागठबन्धन देशलाई आर्थिक क्रान्ति तर्फ लैजान हैन देशलाई अस्थिर्ता तर्फ धकेल्न उद्धत भएको जिकिर गर्नु भयो। अहिलेको देशको आवश्यकता भनेको संबिधानको पूर्ण कार्यन्वयन र देशमा स्थिरता कायम गराउनु रहेको भएपनि त्यसका लागि नेपाली कांग्रेस तयार नभएकोले कांग्रेसका कारण देश अस्थिरतातर्फ जाने खतरा भएको दाबी गर्नु भयो।

नेता राइले अहिलेको सत्ता समिकरणबाट संबिधानको रक्षा हुन नसक्ने ठोक्वा गर्नु भयो। वहाँले बर्तमान सरकार बाहिरी शक्तीको आडमा बनेको भन्दै बाहिरी शक्तीको स्वार्थ पुरा भएपछी आँफै ढल्ने दावी गर्नु भयो। वहाँले देशमा भएका सबैखाले राजनीतिक घटनाको नेकपा एमालेले अनुसन्धान गर्ने तर पूर्ण प्रतिपक्षीको भुमिकामा रहने बताउनु भयो।
नेकपा एमालेले संचालन गर्दै आएको मिसन ग्रासरूट अभियानलाई सफल बनाउन उदयपुर आइपुग्नु भएको नेता राइले पार्टी भित्र तल्लो कमिटी देखीनै केही समस्या र असमाझदारी रहेकोले हलगर्दै अघी बढ्नु पर्ने बताउनु भयो। नेकपा एमालेले मिसन ग्रासरूट अभियान स्थानिय तह निर्वाचन पुर्वनै गर्नु पर्नेमा अहिले निकै ढिला भएको भएपनी यो अभियानले समग्र पार्टी भित्रका समस्यालाई चिर्दै आउने दिनमा सिंगो एमाले एक ढिक्का भएर बर्तमान गठबन्धनलाई पाखालगाउने दावी गर्नु भयो। नेता राइले देशको भविस्यको चिन्ता नेकपा एमाले र पार्टीका नेता कार्यकर्ताले मात्र लिने भन्दै देशलाई स्थिरता प्रदान गर्न नेकपा एमालेले मिसन ग्रासरूट अभियान संचालन गरेको जिकिर भयो।
कार्यक्रमका बिशेष अतिथीमा एमाले केन्द्रिय सदस्य तथा संघिय सांसद अमृतलाल राजवंशी,अतिथीहरुमा एमाले कोशी प्रदेश उपसचिव शैलेश लामा, सचिवालय लक्ष्मीनारायण चौधरी, बेदप्रसाद पोखरेल, इश्वरमणी राउत, जिल्ला अध्यक्ष प्रमेश्वर घिमिरे, सचिव तथा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा, सहसचिव टेकबहादुर राउत लगायत नेता तथा कार्यक्रर्ताको बाक्लो उपस्थिती रहेको थियो।
नेकपा एमाले प्रदेश सभा निर्वाचन क्षेत्रिय समन्वय कमिटी १ (ख) उदयपुरका संयोजक शुवास निरौलाको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य उपसंयोजक अम्बर बहादुर दनुवरले राख्नु भएको थियो भने सचिव कृष्णकुमार भन्डारीले कार्यक्रम संचालन गर्नु भएको थियो ।




















