उदयपुर,२४ चैत । नेकपा एमालेको  मिसन  ग्रासरुट अभियान अन्तर्गत  उदयपुरगढी गाउँ पालिकाको ८ न. वडाको अधिवेशन सम्पन्न भएको छ । शुक्रवार भएको अधिवेशनले टंक राईको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन गरेको छ । 

त्यसैगरी कमिटीको उपाध्यक्ष सानू कार्की,सचिवमा चन्द्रकुमार राई,उपसचिवहरुमा संजिवकुमार बिष्ट,टिकामाया तामाङ्ग लगायत सदस्यहरु रहेका छन् । 

नवगठित कमिटीलाई अधिवेशनका  प्रमुख अतिथि पार्टी केन्द्रिय कमिटी सदस्य तथा केन्द्रिय अभियान्ता तैयब हुसैनले  बधाई तथा शुभकामना मन्तव्य राख्नु भएको थियो । 

ab7a81b2-7c4b-49d3-8918-7ee8c5a177c5 (1)त्यसैगरी कोशी प्रदेस कमिटीका  सदस्यहरु  प्रकाश बस्नेत,बैकुण्ठनाथ दाहाल,गोपाल खत्री साथै जिल्ला कमिटीका अध्यक्ष परमेस्वर घिमिरे,  जिल्ला सचिवालय सदस्य चक्रबहादुर तामाङ्ग जिल्ला कमिटी सदस्य सानूकुमारी राउत, सल्लाहकार परिषद सदस्य दिनानाथ दाहाल,पालिका अध्यक्ष यम्बर खत्री सचिव खेम पाचे अनेकीमाहासंघ उपसचिव गोमा खत्रीको आतिथ्यता रहेको थियो । 

 थिरबहादुर राउतको अध्यक्षतामा सम्पन्न भएको  उक्त कार्यक्रमलाई चन्द्रकुमार राईले सँचालन गर्नु भएको थियो ।