ओखलढुंगा,२५ चैत । नेकपा एमालेको मिसन ग्रासरुट अभियान ओखलढुंगा जिल्लामा तिब्र गतिमा चलिरहेको छ । करिव डेढ महिना अघि देखि सुरुभएको अभियानले ओखलढुंगामा पार्टीको कामलाई मसिनो ढंगले आगाडी बढाई रहेको जानकारी प्राप्त भएको छ  । 

यसैक्रममा २२ गते ओखलढुंगाको पोकली गाउँपालिकामा वडास्तरिय तथा प्रशिक्षण  पार्टी सदस्यता नविकरणको काम भब्यरुपले सम्पन्न भएको छ । 

२३ गते गाङनाम टारमा ३ वटा वडाहरुको संयूक्त भेला सम्पन्न भएको छ । भेलामा जनताको  भव्य रुपमा सहभागितामा प्रशिक्षण साथै पार्टी सदस्य नविकरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । ग्रामीण  र दुर्गम पहाडी भेगमा भएको कार्यक्रममा जनताको भब्य सहभागिताले पार्टीप्रति लहर बढेको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य घनश्याम खतिवडाले जानकारी दिनुभयो । 

चैत २४ गते लिखु गाउँपालिकाको  २ न. वडामा ३ वटा वडाहरुको संयुक्त आयोजनामा भव्यरुपमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा दुई सय भन्दा बढि स्थानिय पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको नेता खतिवडाले जानकारी दिनुभयो ।

ओखलढुंगाको अभियानमा  कोशी प्रदेश कमिटीको प्रचार विभाग प्रमुख समेत रहनु भएका नेता खतिवडाको नेतृत्वमा प्रदेश कमिटीका नेताहरुनानीबाबु बुढाथोकी, शकर कटुवाल,तिर्थ सुवेदी सुरेश थापा,केशवहरि ढुंगेल,जिल्ला कमिटी उपसचिव अशोक थापा,जिल्ला कमिटी सदस्य तथा लिखु गाउँ पालिकाका इन्चार्ज प्रेमप्रसाद भट्टराई लगायतका नेताहरुको सक्रियता रहेको छ ।  

अभियानको क्रममा अहिलेको राजनितिजेष्ठ नागरीकहरुलाई सम्मान मिसन ग्रासरुट कसरी कहाँ सम्मपुग्यो त्यसको बारेमा चर्चा गरीएको,पार्टी भित्रका साथीहरुको अन्तरविरोधको अन्त्य समेत गरिएको, एमाले पार्टीलाई अव कस्तो पार्टी बनाउने भनेर  दोहोरो अन्तरक्रिय समेत गरीएको खतिवडाले जानकारी दिनुभयो ।