- विष्णु कार्की
विराटचोक,२६ चैत । नेकपा एमालेको ‘मिसन ग्रासरुट अभियान’ अन्तर्गत मोरङको सुन्दरहरैचामा पार्टीको कामलाई तीव्रता पारिएको छ । यसैक्रममा शनिवार वडा अधिवेशन लगायत विभिन्न कमिटीहरु निर्मार्ण तथा महाधिवेशन प्रतिनिधिहरुलाइ विदाई कार्यक्रम गरिएको छ ।
वडा नम्बर ५ मा विशाल गुरागाईको नेतृत्वमा २७ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । यसैगरी कमिटीको उपाध्यक्षमा भिमकुमारी ढकाल,सचिवमा विमला घलान,उपसचिवहरमा भिमुकला लोहार,रमा भट्ट र सदस्यहरु रहेका छन ।
यस्तै पार्टीले ज्येष्ठ नागरिक सहित पार्टीलाई योगदान पुर्याएको भन्दै १२ जनालाई प्रमाणपत्र तथा दोसल्लाले सम्मान गरेको छ ।
नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा पार्टीका सुन्दरहरैंचा नगर अध्यक्ष मातृका ढकाल,उपाध्यक्ष तथा नगर उपप्रमुख अकली चौधरी लगायतको उपस्थिति रहेको थियो ।
वडा न. ६ को कमिटी गठन
शनिबार सम्पन्न भएको नेकपा एमाले सुन्दरहरैंचा ६ न. वडाको दोश्रो अधिवेशनबाट अशिम राईको नेतृत्वमा ३१ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । बन्दसत्रका अध्यक्ष मण्डलका अध्यक्ष कल्याण सिटौलाले घोषणा गर्नुभएको कमिटीको उपाध्यक्षमा गिता मिश्र सचिवमा सुबास भन्डारी,उप सचिवहरुमा उर्मिला तिम्सिना,घतानि लगायत सदस्यहरु रहनु भएको छ ।
वडा कमिटीको निवर्तमान अध्यक्ष लक्ष्मिप्रसाद सिग्देलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टीमा महत्वपुर्ण योगदान गर्नुभएका ११ जनालाई मरोपरांत र २5 जना पार्टीमा निरन्तर सक्रिय नेताकार्यकर्ताहरु लाई सम्मान गरिएको थियो ।
पार्टीका केन्द्रीय सदस्य युवराज बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश कमिटि सचिवालय सदस्य सत्यनारायण चौधरीको विशिष्ट आतिथ्यता र पार्टीका प्रदेश कमिटीका सल्हाकार डिल्लिरमण घिमिरे,पार्टीको दशौ राष्ट्रीय महाधिवेशन प्रतिनिधि परिषद सदस्य नारायणी भण्डारी जिल्ला कमिटी सचिवालय सदस्य जीवनकुमार राई.जिल्ला कमिटी सदस्य रोशनप्रसाद ढकाल,नगर अध्यक्ष मातृकाप्रसाद ढकाल,मुक्ति समाजकी केन्द्रिय सदस्य तथा सुन्दरहरैंचा नगर कार्यपालिका सदस्य प्रमिला बिक, लगायत नगर कमिटीका नेताहरुको आतिथ्यता रहेको थियो ।
नवगठित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथी पार्टीका केन्द्रीय सदस्य युवराज बास्कोटाले पद तथा गोपनियताको सपथ ग्रहणगराउनु भएको थियो भने पार्टीका केन्द्रीय विभाग सदस्य बद्री अर्यालले : कमिटीलाई बधाई तथा शुभकामना मन्तव्य राख्नु भएको थियो ।
वडा न ७ को कमिटी गठन
वडा न. ७ को दोश्रो अधिवेशनबाट दिनेश राउतको अध्यक्षतामा २७ सदस्यीय कमिटी गठन गरिएको छ ।बन्दसत्रका अध्यक्ष मण्डलका अध्यक्ष खड्ग श्रेष्ठले घोषणा गर्नुभएको कमिटीको उपाध्यक्षमा कल्पना राई,सचिवना मातृका दाहाल,उपसचिवहरुमा सागर खनाल,गोमा खतिवडा लगायत सस्यहरु रहेका छन ।
पार्टीका कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा बेलबारी नगरपालिकाका प्रमुख डिपी राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश कमिटि सचिवालय सदस्य लक्ष्मी फुयालको विशिष्ट आतिथ्यता र पार्टीको नवौ राष्ट्रीय महाधिवेशन प्रतिनिधि परिषद सदस्य उमेश उप्रेती,जिल्ला कमिटी सदस्य डील्ली चौलागाईं, राजकुमार श्रेष्ठ नगर कमिटी अध्यक्ष मातृकाप्रसाद ढकाल लगायतको आतिथ्यता रहेको थियो ।
१२ न. वडामा युवा संघको कमिटी गठन
पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको १२ न वडा कमिटी गरिएको छ । शनिबार भएको युवाहरूको भेलाले पुर्ण तामाङको अध्यक्षतामा गठन भएको २१ सदस्यीय कमिटीको उपाध्यक्षमा विवेक श्रेष्ठ,सचिवमा रोशन कटवाल लगायत रहेका छन ।
पार्टी जिल्ला कमिटी सदस्य तथा १२ न वडाका वडाअध्यक्ष रोशनप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा पार्टीका प्रदेश सल्लाहकार डिल्लिरमण घिमिरे,जिल्ला कमिटी सदस्य गणेशप्रसाद ढकाल,खेलकुद माहासंघ मोरङका सचिव आनन्द बस्नेत,पार्टीका वडा इञ्चार्ज गणेश फुयाल लगायतको आतिथ्यता रहेको थियो ।
महाधिवेशन प्रतिनिधिहरुलाइ विदाई
नेपालगन्जमा चैत २७ गते हुनगईरहेको पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशनमा मोरङ जिल्ला सहभागीहुने प्रतिनिधि तथा पर्यवेक्षकहरुलाई विदाई गरिएको छ । शनिवार सुन्दरहरैंचाको दुलारीमा भेला भएका युवा संघ नेताहरुलाई पार्टीका केन्द्रिय विभाग सदस्य बद्री अर्यालले खादा ओढाएर सम्मान सहित विदाई गर्नुभएको हो ।
युवा संघका केन्द्रिय,प्रदेश, जिल्ला,तथा नगरका नेताहरु मनोज राई, भुपाल श्रेष्ठ, सुमन मिरिङचिङ,अन्जु सिग्देल, चरण गुरुङ,जयप्रकाश रायामाझी, कविता वान्तवा, प्रविण घिमिरे, विवेक भुजेल,भिष्म बुढाथोकी,हेमन्त गुरुङ, भविनजंग पाण्डे,उर्गेन तामाङ,मनोज दाहाल लगायतका नेताहरुको नेतृत्वमा हिजै दिउसो कार्यक्रम स्थल तिर प्रस्थान गरेको छ ।



















