बारा,९ बैशाख  । चुनावको अघिल्लो दिन बारामा नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेललाई समथन गर्दै एक उम्मेद्वारले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन ।

बारा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाको उपनिर्वाचनका उम्मेदवार एमालेका पुरुषोत्तम पौडेललाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवार सुरज शाह तेलीले अफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो । तेलीले नेकपा एमालेका उम्मेदवार पौडेलको समर्थनमा फिर्ता लिएको घोषणा गर्नुभएको छ । उहाँले विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी समेत निष्कृय गर्नुभएको छ ।

साहले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘एमालेका पुरुषोत्तम पौडेल बाराकै चिर परिचित अनुहार तथा बाराका पुरानो र जनमुखी नेता हुन । बारामा भएका विकासको पहलकर्ता समेत रहेका पुरुषोत्तमलाई प्रतिनिधिसभाको उपनिर्वाचनमा विजयी गराउन आम मतदाता संग अपिल गर्दछु ।

साहले पौडेल जित्नुपर्ने भन्दै फिर्ता लिएको बताउनु भयो । ‘बारा क्षेत्र नम्बर २ मा खटिरहँदाखेरी धेरै उम्मेवारहरुको विश्लेषण पनि गरिरहेको थिएँ, त्यो विश्लेषण गर्दा क्षेत्र नम्बर २ लाई आवश्यक भएको उम्मेदवार चाहिँ पुरुषोत्तम पौडेल नै भन्ने निष्कर्ष निकालें ।’

उहाँले पुरुषोत्तमले अघि सारेको चुनावी नारा आफूलाई मन परेको बताउनुभयो । बाराका ४ वटा निर्वाचन क्षेत्रहरुमध्ये सबैभन्दा धेरै विकास क्षेत्र नम्बर १ मा भएको र त्यो पुरुषोत्तमकै कारण भएको र अब यस क्षेत्रमा समेत विकास गर्नका निम्ती पुरुषोत्तमको आवश्यकता भएको निष्कर्ष समेत उहाँको छ ।