काठमाडौँ,५ साउन । नेकपा एकीकृत समाजवादी पार्टीको डोटी जिल्ला कमिटीको सिंगो टिम नै नेकपा एमालेमा समाहित हुने भएको छ । शुक्रबार अपरान्ह नेकपा एमालेको मुख्यालय च्यासलमा एक समारोहको बीचमा समाजवादीको डोटी कमिटी समाहित भएको घोषणा गरिने छ । जिल्ला अध्यक्ष दीर्घ बोगटीको नेतृत्वमा जिल्लाको पुरै कमिटी एमालेमा समाहित हुन लागेको हो ।
योसँगै समाजवादीका प्रभावशाली नेता पूर्वमन्त्री प्रेम आलेकै जिल्लामा समाजवादी शून्य हुनेछ । यसअघि प्रदेशको कानुनमन्त्री भएका नेता पनि एमालेमा समाहित हुँदैछन । जिल्ला अध्यक्ष दीर्घ बोगटीले दैनिकीसँग कुरा गर्दै शुक्रबार एमालेमा समाहित हुन लागेको कुरा पुष्टि गरेका छन । उनले आज सम्भवका उपस्थित हुने र उपस्थित हुन नसकेकाहरू पनि एमालेमा फर्किन सहमत भएको बताएका छन ।
बोगटी डोटीको पूर्व चाैकी गाउँपालिकाका पूर्व अध्यक्ष समेत हुन । नेकपा एसले बोगटीको अध्यक्षतामा २०७८ असोज ११ गते १०५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको थियो ।
यो पनि पढ्नुहोस - नेकपा एस तनहुँ अध्यक्ष श्रीराम कार्की सहितका नेता एमालेमै फर्कंदै




















