काठमाडौं,१० साउन । प्रतिनिधिसभामा नेपाली कांग्रेसकै सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्नु भएको छ।
सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गर्नु भएको हो ।
गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको करिव एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो।


