बारा,३१ साउन । नेकपा एमाले माधव नेपाल निकट देवताल गाऊपालीका कमिटीको विस्तारीत वैठक पिप्राढीमा संम्पन्न भएको छ । शनिबार भएको विस्तारीत बैठकले पालीका कमिटी अन्तरगत सवै वडामा भेला तथा कमिटी को वैठक गर्ने निर्णय गरेको छ ।

देवताल गाऊपालीका कमिटीका संयोजक कौशल कीशोर सिहको अध्यक्षतामा भएको वैठकमा पार्टी कार्यकर्ताहरुको भव्य सहभागिता विच सम्पन्न भएको छ । वैठक तथा भेलामा नेकपा एमाले केन्द्रिय सदस्य दीनेश राईको प्रमुख आतिथ्यता रहेको थियो भने पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल,बारा जील्ला अध्यक्ष सुन्दर विक सहित थुप्रै नेताहरुको आतिथ्यता रहेको थियो ।

सात ओटा वडाहरु भएको सो गाउपालिकामा ओली गुटको उपस्थिति न्यून मात्र रहेको स्थानिय एक नेताले बताए । भेलामा सहभागीहरुले पार्टीको मूल नेतृत्वमा वसेर नेकपा एमालेलाई विभाजन तिर लगीरहेका अध्यक्ष ओलीलाई अहंकार त्यागेर एकतामा आऊन दवाव दिनु पर्ने सुझाव दिएका छन ।




















