चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटबन्दीको प्रयास भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्
चितवनमा जारी पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता झाले गुटबन्दीमा लागेकाहरूलाई कारबाही गर्न पार्टी सभापति रवि लामिछानेसँग जोडदार माग गरेका हुन्
महामन्त्रीमा ५ जनाबिच कडा प्रतिस्पर्धा
चितवनमा जारी महाधिवेशनको दोस्रो चरणअन्तर्गत यतिबेला नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया चलिरहेको छ
यसअघि नै सभापति पदमा रवि लामिछाने र खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्
विजयी हुनेमा झाको दाबी
यसै चुनावी माहोलबिच सञ्चारकर्मीहरूसँग बोल्दै महामन्त्रीका बलिया दाबेदार झाले चुनावी मैदानमा उत्रिएका मतदाताहरूको प्रतिक्रिया आफूप्रति निकै सकारात्मक र उत्साहजनक रहेको बताएका छन्




















