काठमाडौं,१० साउन ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले सय किलो सुन तस्करी काण्डमा उच्चस्तरीय छानबिन समिति गठनकाे माग गरेकाे छ ।

बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा आकस्मिक र शून्य समयकाे कार्यक्रम सकिएपछि एमाले प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्नुभयाे । सभामुखबाट समिति गठनका लागि रुलिङ नभए सदन अगाडि बढ्न नसक्ने चेतावनी समेत उहाँले दिनुभयाे ।

सुन काण्डमा सांसद्हरुले बाेल्न पाउने भनेर भनेपछि सदासयता देखाएर एमालेले आकस्मिक र शून्य समयकाे कार्यक्रम अगाडि बढाउन दिएकाे प्रमुख सचेतक गिरीले बताउनुभयाे । उहाँले बाेलिसकेपछि एमाले सांसद्हरुले केहीबेर नाराबाजी गरे ।

एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सय किलो सुन तस्करी भएको विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने  र चित्तबुझ्दाे जवाफ नदिए राजीनामा दिनुपर्ने तथा साे काण्डकाे छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गरेकाे छ ।