बर्दिया,१९ साउन । नेकपा एकीकृत समाजवादीका बर्दिया जिल्ला उपसचिव दुर्गा जैसी नेकपा एमालेमा फर्किएका छन । माधव नेपाल नेतृत्वको पार्टी अव चल्न नसक्ने र जनताले अस्वीकार गरेको भन्दै जैसी बिहिबार मुल घरमै फर्किएका हुन् ।
ठाकुरबाबा नगर कमिटीका अध्यक्षसमेत रहेका नेता जैसीलाई एमाले केन्द्रीय नेताहरु लीला गिरी,लक्ष्मण ज्ञवालीसहितका नेताहरुले पार्टीमा स्वागत गरेका छन । एमाले प्रवेश गरेपछि उनले अव कोही पनि नेकपा एसमा रहन नहुने बताए ।
कम्युनिष्ट सकाउने मिसनमा नेकपा एस रहेको तथ्य प्रमाणित भएपछि सो पार्टीमा बस्नुहुन्न भन्ने निश्कर्षमा आफू पुगेको उनले बताए । उनले माधव नेपालको भ्रमजालमा नपरी एमालेमै फर्कन नेकपा एसमा रहेका सवै नेता कार्यकर्तालाई अपिलसमेत गरेका छन ।




















