काठमाडौं— पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले उनलाई आइतबार बिहान काठमाडौंको महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको हो। उनीविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। तर उजुरी के विषयमा परेको हो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।
जबरा २०७५ पुस १८ गते नेपालको प्रधानन्यायाधीश बनेका थिए। तर २०७८ फागुन १ गते प्रतिनिधिसभामा उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका थिए।
महाअभियोग प्रस्ताव अन्तिम रूपमा पारित नभए पनि त्यसपछि उनी सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको जिम्मेवारीमा फर्किन पाएनन्।
अहिले प्रहरीले पक्राउको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ। यस घटनासम्बन्धी थप विवरण आउँदै जाँदा सार्वजनिक गरिनेछ।
यो समाचार रातोपाटी छापिएको छ ।


