काठमाडौं, १९ साउन । नेकपा एमालेमा फर्किन लाग्नुभएको सूचनापछि नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्यलाई पार्टीबाट निष्कासन गरेको छ ।
समाजवादी केन्द्रीय सचिवालयको आज बसेको बैठकले पटक–पटक सम्झाउँदा पनि नमानेकाले कर्माचार्यलाई निष्कासन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो ।
कर्माचार्य भोली नै चौतारामा आयोजित कार्यक्रममा एमाले प्रवेश गर्दै हुनुहुन्छ । उहाँले पार्टीको नीति कार्यक्रम, संगठनात्मक पद्धति तथा निष्ठाकाविरुद्धमा क्रियाकलाप गरी अनेकौ पटक सम्झाउँदा पनि पार्टी हितविरुद्ध गतिविधि गरकोले कर्माचार्यलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको बताउनुभयो ।




















