काठमाडौं,२० साउन । नेकपा एकीकृत समाजवादी नेकपा एस का दुईजना केन्द्रीय सदस्य सहित ठूलो संख्यामा नेताहरु सिन्धुपाल्चोकमा एमाले प्रवेश गरेका छन ।
केन्द्रीय सदस्य सुभाष कर्माचार्य र उपेन्द्र तामाङसहित सिन्धुपाल्चोकका सयौँ नेता तथा कार्यकर्तालाई महासचिव शंकर पोखरेल,स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले एमालेमा स्वागत गरेका छन् ।
एमाले प्रवेश गर्नेहरूमा केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका र वडा तथा विभिन्न जनवर्गीय संगठनहरूमा आवद्ध नेता तथा कार्यकर्ताहरू रहेका छन् ।
प्रवेशीहरु सबैले माधव नेपाल कम्युनिस्टको नाममा दक्षिणपन्थी यात्रामा रहेकोले आफुहरु पुरानै घर फर्किएको जनाएका छन । माधव नेपालको पार्टी नभएर एउटा सानो समूहको क्लब रहेको ठोकुवा पनि गरे ।




















