काठमाडौं,२० साउन  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेको ओलीले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा राष्ट्रिय स्वार्थ प्रधान नभई सत्तास्वार्थ मात्रै प्रधान भएको टिप्प्णी गरेका हुन् ।


शनिबार पार्टीको परराष्ट्र मामिला विभागले काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति सम्बन्धी नेकपा एमालेको धारणा’ विषयक गोष्ठीमा बोल्दै अध्यक्ष ओलीेले प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणमा नेपाली आवश्यकता, नेपाली हित, नेपालको न्यायोचित पक्षमा हुनुपर्ने कुरामा धेरै कमजोरीहरूको देखाएको आरोप लगाए ।

May be an image of 1 person, crowd and daisभारत भ्रमणका क्रममा प्रचण्डले इपीजी प्रतिवेदन र नेपालको भूमिबारे भारतीय पक्षसँग कुनै कुरा गर्न नसकेको ओलीको भनाइ छ । ओलीले राष्ट्रिय हितलाई सर्वोपरि राखेरमात्रै परराष्ट्र नीति तय गर्न आफूहरू सदैव तयार रहेको दावी गरे ।

उनले वर्तमान गठबन्धन सरकारले मनपरी ढंगले अघि बढाएको परराष्ट्र सम्बन्धमा आफ्नो पार्टीको साथ नरहने स्पष्ट पारे । भारत र चीन दुई मित्र राष्ट्रहरू भएकाले उनीहरूसँग खुलस्त कुरा राखेरमात्रै आपसी समस्यालाई समाधान गर्न सकिने ओलीको भनाइ छ ।