काठमाडौं,२१ साउन । नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्ने भएको छ। आज शनिबार सम्पन्न केन्द्रीय समितिको बैठकले भदौ १६ गते देखी मंसिर १५ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

केन्द्रीय समितिको बैठकले अध्यक्ष प्रचण्डले पेश गर्नु प्रतिवेदन सर्वसम्मत पास गरेको छ। बैठकले प्रदेश इञ्चार्जको जिम्मेवारी पनि फेरबदल गरेको छ।

नेताहरुको जिम्मेवारी निम्न अनुसार बाढिएको छ:

१) वर्षमान पुन उपत्यका विशेष प्रदेश इञ्चार्ज

२)  चक्रपाणी खनाल कोशी प्रदेश इञ्चार्ज

३) लीलामणि पोखरेल मधेस प्रदेश इञ्चार्ज

४) जनार्दन शर्मा बागमती प्रदेश इञ्चार्ज

५) देवेन्द्र पौडेल गण्डकी प्रदेश इञ्चार्ज

६) हितमान शाक्य लुम्बिनी प्रदेश इञ्चार्ज

७) मात्रीका यादव कर्णाली प्रदेश इन्चार्ज

८) डिलाराम आचार्य सुदुरपशिम प्रदेश इञ्चार्ज

९) गिरिराजमणि पोख्रेल उपत्यका सम्पर्क समन्वय प्रदेश इञ्चार्ज

१०) राम कार्की प्रवास प्रदेश इञ्चार्ज