रुपन्देही,२२ साउन  । नेपाली कांग्रेस अर्घाखाँचीकी प्रवक्ता तथा पाणिनि गाउँपालिकाका पूर्वउपाध्यक्ष लक्ष्मी गौतम नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । 

०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उपाध्यक्ष बनेकी गौतम पछि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो ।  गौतमलाई केन्द्रीय सदस्य चेतनारायण आचार्यलगायतका नेताहरूले पार्टीका स्वागत गर्नुभएको थियो । 

जिल्लामा एमालेबाहेकका सबै दलको गठबन्धन हुँदा पनि स्थानीय तह, प्रदेश तथा सङ्घमा एमालेले सबैलाई पराजित गरेकाले पनि केही कारणले बाहिर रहेका नेता कार्यकर्ताहरू क्रमशः एमालेमा आउनेक्रम रहेको नेता आचार्यले बताउनुभयो । 

hS3xRzuoMkfT2F27bzoTLgNAk2vz7MJzEsEUGaZ6एकीकृत समाजवादीकी जिल्ला सदस्य हमाल पनि एमालेमा 

त्यसैगरी नेकपा एकीकृत समाजवादीकी जाजरकोट जिल्ला सदस्य शारदा हमाल पनि नेकपा (एमाले) मा फर्कनुभएको छ । 

पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा हमाललाई खादा लगाई स्वागत गर्नुभयो । 

समाजवादी महिला संगठनकी प्रदेश कमिटी सदस्यसमेत रहेकी हमाल भेरी नगरपालिका–१ कि बासिन्दा हुनुहुन्छ । 

पार्टी प्रवेशका अवसरमा केन्द्रीय सदस्यहरू निरज आचार्य, भैरवसुन्दर श्रेष्ठ, डम्मरबहादुर सिंह, कर्णाली प्रदेश संगठन कमिटीका उपाध्यक्ष लालबहादुर महतारा, सांसद रीता रावल, नेकपा (एमाले) जाजरकोट जिल्ला कमिटीका अध्यक्ष खिमबहादुर शाही लगायतको उपस्थिति रहेको थियो ।