काठमाडौं,२४ साउन । प्रेस चौतारी नेपाल अध्यक्ष गणेश बस्नेतले सत्ताधारी दल र त्यस निकट मिडियाहरू नेकपा एमाले र त्यसका अध्यक्ष केपी ओली विरुद्ध लागेका बताउनुभएको छ । 

सत्तारुढ दल र मिडिया एमाले विरुद्ध सुनियोजित रूपमा लागेका उहाँले बताउनुभयो । ‘सत्तारुढ दल र मिडिया एमाले र केपी ओली विरुद्ध परिचालिन छन्, राजनीतिक रूपमा मात्र फरक भएर केपी ओली र एमाले विरुद्ध परिचालित भइरहेका होइनन्, अहिले नेपाल जिन्दाबाद भन्दा आफूलाई गाली गरेका ठान्नेहरू सरकारमा छन्’, उहाँले भन्नुभयो । 

विदेशीका दलालहरू सरकारमा रहेकाले राष्ट्रियताको पक्षमा रहेको नेकपा एमाले र केपी ओली विरुद्ध परिचालित भएका उहाँले सुनाउनुभयो । ‘नेपाल जिन्दाबाद भन्दा मलाई गाली गर्‍यो भन्ने कठपुतलीहरू, जसले नेपालको हित बाहेक सबै सोचिरहेका छन्’, बस्नेतले भन्नुभयो । 

विमानस्थलबाट ११ महिनामा ५ हजार क्विन्टल सुन सत्ता संरक्षणमा तस्करी भएका कुरा बाहिर आइरहेका उहाँले बताउनुभयो । सत्तामा बस्ने प्रधानमन्त्री, गृह मन्त्री र मन्त्रीहरूले सत्ता संरक्षित तस्करी गरिरहेका उहाँको भनाइ छ । भ्रष्टाचारीलाई छाडिन्न, भ्रष्टाचारीलाई कारबाही गरिन्छ भन्ने नारा विमानस्थलबाट टनका टन सुन छिराउन हो भन्ने कुरा स्थापित भइसकेको बस्नेतले टिप्पणी गर्नुभयो ।