विराटचोक,२५ साउन । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले मोरङको सुन्दरहरैंचामा ९ न. वडामा कमिटी गठन गरेको छ । बिहिबार सयौको संख्यामा भएको युवाहरुको भेलाले बसन्त कुमार तामाङको अध्यक्षमा ४६ सदस्यीय वडा कमिटी गठन गरेको हो ।
त्यस्तै कमिटीको उपाध्यक्षमा उपाध्यक्ष नुरसेद आलम, सचिवमा सुमन राउत सहचिवहरुमा सागर श्रेष्ठ,मौसम राउत कोषाध्यक्षमा हसिब आलम लगायत सदस्यहरु रहेका छन् । नव गठित कमिटीलाई राष्ट्रिय युवा संघ सुन्दरहरैंचाका अध्यक्ष भविन जंग पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
मिसन नेक्स्ट इलेक्संन टार्गेट न्यु जेनेरेसन अभियान सँगै युवाहरुको आकर्षण बढ्दै गइरहेको मोरङका संयोजक प्रविन घिमिरेले बताए । अभियान क्रममा कमिटीहरु गठन,पुनर्गठनलाई तिब्रता दिइएको संयोजक घिमिरेले बताए । सुन्दरहरैंचामा ९ मा कमिटी पुनर्गठन कार्यक्रममा सयौको संख्यामा युवाहरुको सहभागिता रहेकोमा कार्यक्रमको विशिष्ट अतिथि समेत रहेका नेता घिमिरेले धन्यवाद समेत दिए ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा प्रदेश पुर्व राज्यमन्त्री राजकुमार ओझा,अतिथिहरु पार्टी केन्द्रीय विभाग सदस्य बद्री अर्याल,पार्टी मोरङका सचिवालय सदस्य सन्तोष वान्तवा, पार्टी नगर कमिटी अध्यक्ष मातृका प्रसाद ढकालले नव गठित कमिटीलाई बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा साफ अन्डर नाइन्टीन च्याम्पियनशिपमा मोरङबाट छनौटमा परेका वडाका दुई खेलाडी मोफिज आलम र मन्जर आलमलाई सम्मान गरिएको एमाले युवा नेता राजन पाठकले बताए ।
कार्यक्रममा नेकपा एमाले भोजपुर जिल्ला कमितीं सदस्य किशोर किराती, पार्टी नगर कमिटी सहसचिव डिल्लीप्रसाद ढकाल,पार्टी नगर कमिटी नेताहरु रुजा घिमिरे,युवराज पौडेल, पार्टी वडा कमिटी अध्यक्ष टिएन बराल, उपाध्यक्ष सुमित्रा दाहाल राउत,युवा नेताहरु , मनोज दाहाल विष्णु कार्की,मोहमद दुलाल, मुक्ती समाज मोरङकी सदस्य शारदा गदाइली युवा संघका नेताहरु,भीम तामाङ्,मिलन तामाङ् ,रोशन कटुवाल,एलेक्स सोनार,महिला नेत्रीहरु हिमा पोखरेल,भगवती अर्याल लगायतको उपस्थिती रहेको थियो ।
युवा संघका निवर्तमान वडा कमिटीका उपाध्यक्ष शमशेर आलमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा युवा संघ मोरङका सदस्य नितेश भुजेलले स्वागत मन्तव्य गरेका थिए भने युवा संघ नगर सचिव रोशनराज रिजालले कार्यक्रम सन्चालन गरेका थिए ।























