काठमाडौँ,२५ साउन  । काँग्रेस सांसद डा. सुनील शर्माको सचिवालयले सुन तस्करीको विषयमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको प्रतिशोधमा पक्राउ गरिएको आरोप लगाएको छ ।  

आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रतिशोध साँध्न राज्यसत्ताको दुरुपयोग गरी उनलाई पक्राउ गरिएको भन्दै शर्माको सचिवालयले आपत्ति जनाएको हो ।

सांसद शर्माको स्वकिय सचिव  विवेक लिम्बूद्वारा हस्ताक्षरित  विज्ञप्तिमा भनिएको छ, ‘सुन तस्करीको विषयलाई लिएर संघीय सदनमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको कारण संसद्को अधिवेशन चालु रहेको अवस्थामा बहालवाला सांसदलाई सभामुखको बिना अनुमति र पक्राउ पुर्जीसमेत जारी नगरी सीआईबीले क्रूरतापूर्वक पक्राउ गरेको कुरा आम जनसमुदायमा जानकारी गराउँदछौँ।’  

यस्तो छ सांसद शर्माको सचिवालयले जारी गरेको प्रेस विज्ञप्ति : 

363937566_9707475332658499_7571624867855744886_n (1)