काठमाडौं,२६  साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा आफूहरुले सत्यतथ्य बोल्छ भनेर सदनमा सत्ता पक्षले बोल्न नदिएको बताउनु भएको छ ।

नेपाली कलासाहित्य डट कम प्रतिष्ठाले आज आयोजना गरेको महाकवी बिद्यापतिकृत कथासंग्रह पुरुष–परीक्षा मुल संस्कृतीको नेपाली संस्करणको लोकार्पण समारोहमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

‘सुन तस्करी प्रकरणमा प्रतिपक्षले सत्य बोल्छ भनेर सत्ता पक्ष सदनमा बोल्न दिँदैन । उठेर विरोध गरिहाल्छ । यसको जरासम्म पुग्नुपर्छ । यसले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने भइसक्यो । भारतले गम्भीर ढंगले प्रश्न गरिरहेको छ,’ ओलीले भन्नुभयो, ‘अर्थतन्त्र यस्तो भइसक्यो । सुन तस्करी गर्ने–गराउने आफूहरु, अनि कसैलाई छाड्दिनँ भनेर फाईंफुईं गर्ने ?’

उहाँले सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा पनि सरकारको आलोचना गर्नुभयो । ‘सुनिल शर्माले दुई दिनमा नक्कली प्रमाणपत्र बनाएको हो ? गृहमन्त्री र अर्थमन्त्रीको आलोचना गर्नेबित्तिकै हतकडी ? दुई दिन बोलेपछि किन पक्राउ गर्नुपर्ने ?,’ ओलीले भन्नुभयो, ‘अब कोही बोल त, सुनिल शर्मा बनाइदिन्छन् । अब त एउटा निवेदन कुखुरा चोरेको भनेर निवेदन हाल्दिन्छ, हतकडी लगाएर लान्छ सांसदलाई । दुई महिना, ६ महिनापछि अब बोल्दिनँ बाबा भनेपछि होइन रहेछ भनेर छाड्दिन्छ ।’

उहाँले बर्तमान सरकार अत्यन्तै गलत बाटोमा गएको र मुलुक बर्वाद पार्न उद्धत रहेको पनि बताउनु भयो । अध्यक्ष ओलीले सत्तारुढ कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मातिर हेर्दै यस्तो प्रश्न राख्नुभएको थियो ।

 सुनील शर्माले दिए ओलीलाई धन्यवाद

नेपाली कांग्रेसका सांसद सुनील शर्माले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई 'विशेष धन्यवाद' दिएका छन् ।अदालतले थुनामा राख्न प्रहरीलाई अनुमति नदिएपछि रिहा भएका शर्माले फरक पार्टीको भए पनि ओलीले आफ्ना लागि 'पितासरह'को भूमिका निर्वाह गरेको बताएका हुन् ।

My project-4 10"मेरो पिताजीसहर रोल निर्वाह गर्नुभएको, राष्ट्र नायकका रूपमा उहाँले आफूलाई उभ्याउनुभएको केपी शर्मा ओली र उहाँको पार्टीलाई म फरक पार्टीको भए पनि हृदयबाट धन्यवाद दिन चाहन्छु । म उहाँलाई भेट्छु पनि," शर्माले भने ।

उनले शेखर कोइराला, गगन थापासहितका नेताहरूलाई पनि धन्यवाद दिए । उनले मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई पनि धन्यवाद दिए ।

आजैमात्र ओलीले गृह र अर्थमन्त्रीको राजीनामा मागेकै कारण शर्मालाई प्रक्राउ गरिएको बताएका थिए । उनको पार्टी एमालेले संसद्‍मा शर्माको पक्षमा वकालत गरेको थियो ।