काठमाडौं,२७ साउन । नेकपा एकीकृत समाजवादी पार्टीकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा एमालेमा प्रवेश गरेकी छन् ।शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनी पार्टी प्रवेश गरेकी हुन् ।
ललितपुर निवासी तुलाधर नेकपा एस स्थापनासँगै वैकल्पिक केन्द्रीय सदस्य बनेकी थिइन् । पार्टी प्रवेश कार्यक्रममा बाबुराम थापालगायतक एमाले ललितपुरका नेताहरु पनि थिए । उनीसहित एमाले प्रवेश गर्ने नेकपा एसका केन्द्रीय सदस्यको संख्या ३१ पुगेको छ ।
- कोको फर्किए एमालेमा ?
मुकुन्द न्यौपाने, वरिष्ठ नेता
केदार न्यौपाने, उपाध्यक्ष
भागवत विश्वासी, सचिव
केन्द्रीय सदस्य \ तत्कालीन सांसद
तारा लामा तामाङ, एमालेमा फर्किएर सांसद कन्चनपुर १
प्रेम महर्जन, एमालेमा फर्किएर सांसद, ललितपुर २
मिठाराम केसी
डिल्ली उप्रेती
अशोक यादव
उषा गुरुङ
बालकृष्ण चापागाई
चुडामणी जंगली
तर्कबहादुर शाही
धनबहादुर रायमाझी
यदुवंश झा
हिराचन्द्र केसी
विक्रम शाही
गणेश खनाल
देविलाल थापा
सरोज कुमार यादव
शारदा स्वर्णकार
बिना बुढाथोकी
चन्द्रलाल बुढा
कुलबीर चौधरी
अशोक चन्द
सुवास कर्माचार्य
दलबहादुर सुनार
कुर्मराज शाही
रिता रावल
सुन्दर विश्वकर्मा (केस,जिल्ला अध्यक्ष)
नन्दसिंह बुढा (केस,जिल्ला अध्यक्ष)
जिल्ला अध्यक्षहरु
श्रीधर पोखरेल, मकवानपुर
सुर्यचन्द्र न्यौपाने, मकवानपुर
हरि प्रसाद शर्मा, रुकुम पश्चिम
सुरमणी बेलबासे, दाङ
श्रीराम कार्की, तनहुँ
नरेश भण्डारी, गुल्मी
रमेश बस्नेत, रामेछाप
बिष्णु देवकोटा, रसुवा
सुन्दर विश्वकर्मा, बारा
नन्दसिंह बुढा, डोल्पा
हिरण्ड भट्टराई, अछाम
गगन रावल, बाजुरा
आदिप्रसाद न्यौपाने, जुम्ला
भोलानाथ पोखरेल, उपत्यका विशेष पेशागत जिल्ला कमिटी




















