विराटचोक,१२ भदौ । एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मोरङका अध्यक्ष प्रविन घिमिरेले धन्यवाद व्यक्त गरेका छन् । गत भदौ ९ गते सम्पन्न भएको राष्ट्रिय युवा संघ मोरङको अध्यक्षमा चयन भएपछि उनले फेसबुक मार्फत धन्यवाद व्यक्त गरेका हुन्।
मंगलबार उनले सबैलाई धन्यवाद दिदै फेसबुकमा लेखेको यस्तो छ स्टाटस
यहि मिति २०८० साल भाद्र महिनाको ९ गते सम्पन्न भएको राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्लाको ऐतिहासिक नवौ जिल्ला अधिवेशन बाट मलाइ अध्यक्ष पदमा निर्वाचित गराउन आफ्नो समय दिएर लाग्नु भएका सम्पुर्ण मेरा पार्टी अग्रज नेता , युवा सघको नेतृत्व,प्रतिनिधि कमरेडहरु र मेरा शुभ चिन्तक कमरेडहरुमा हार्दिक धन्यवाद ब्यक्त गर्दछु ! राजनीति सिक्दै सिकाउदै अगाडि बढ्ने एउटा अध्याय हो सिक्ने क्रममा म बाट केही गल्ती भए म क्षमा माग्न चाहान्छु । यस नवौ अधिवेशन सभ्य र भव्य रुपमा सफल बनाउन अहोरात्र खट्नु हुने प्रहरी प्रसासन,पत्रकार,अनेरास्ववियुका स्वयंसेवक कमरेडहरु र हामिलाइ आर्थिक भौतिक तथा नैतिक रुपमा सहयोग गर्नु हुने सम्पुर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्दछु।म सङै सिगो मोरङको युवा हरुको नेतृत्व गर्न निर्वाचित हुनु हुने सम्पुर्ण पदाधिकारी र सद्स्य कमरेडहरुमा हार्दिक बधाइ एबम तपाइहरुकै नेतृत्व र साथ सहयोगमा यो कार्यकाल सफल बनाउने बिश्वास लिएको छु । म लगायत हाम्रो सिङ्गो कमिटीलाइ बधाइ ज्ञापन गर्नु हुने सम्पुर्णमा म हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
- प्रबिण घिमिरे
- अध्यक्ष
- राष्ट्रिय युवा सघ नेपाल ,मोरङ




















