काठमाडौं, १ फागुन  । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा गण्डकी प्रदेश सचिव पिएल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरलाल श्रेष्ठ नेकपा एमालेमा फर्किएका छन् ।  पार्टी विभाजनसँगै माधव नेपाल नेतृत्वको नेकपा एसमा लागेका तनहुँका नेता श्रेष्ठलाई मंगलबार एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा अ‍ोलीसहितका नेताहरुले स्वागत गरेका छन्  । यसअघि नेकपा एसको तनहुँ जिल्ला कमिटी एमालेमा समाहित भइसकेको छ ।