कैलाली - नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना निर्वाचित भएका छन् । जिल्ला अधिवेशनको क्रममा भएको निर्वाचमा ढुंगाना निर्वाचित भएका हुन् । उनले वर्तमान कार्यसमितिका कार्यबाहक अध्यक्ष दुर्गाप्रसाद जोशी र सचिव डेजी पाण्डेलाई हराएर अध्यक्षमा निर्वाचित भएका हुन्।
ढुंगानाले दुई सय ८७ मत प्राप्त गर्दा डेजि पाण्डेले दुई सय १८ मत तथा अध्यक्षका अर्का प्रतिद्वन्द्वीदुर्गाप्रसाद जोशीले ६३ मत पाएका थिए ।
यस्तै उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी भए । उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले एक सय ८८ मत पाएका थिए ।
उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले एक सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत पाए । सचिवमा भने पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भए । चौधरी दुई सय ४३ मतसहित विजयी हुँदा प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत पाएका थिए ।
सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गरे । उपसचिवमा ढुंगाना प्यानलका चुडामणी भट्ट विजयी भएका छन ।
भट्ट दुई सय ५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले एक सय २३ मत पाए ।यस्तै अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाएका थिए ।
उपसचिव (महिला) मा गंगाकुमारी चौधरी एक सय ९६ मतसहित विजयी भइन । उनका प्रतिद्वन्द्वीशान्तिदेवी सिंहले एक सय ६१,रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाएका थिए ।
फागुन ६ गतेबाट सुरू भएको एमाले कैलालीको नवौँ जिल्ला अधिवेशनमा छैटौं दिन शुक्रबार मात्र मतदान भएको थियो । कुलपाँच सय ९१ प्रतिनिधि रहेकोमा पाँच सय ७७ मत खसेको थियो ।




















