विर्तामोड - झापामा एउटा सिङ्गो पार्टी नै नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । शनिबार विर्तामोडको एक कार्यक्रममार्फत औपचारिक रूपमा स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चा नामक पार्टी  नेकपा (एस) मा प्रवेश गरेको हो ।

चार बुँदे सहमतिसहित एकीकृत माओवादीमा विद्रोह गर्दै बासु दुलालको नेतृत्वमा मोर्चा बनेको थियो ।

नेकपा (एस)का सम्माति नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मोर्चाका संयोजक दुलालसहित ७५ जना नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, राप्रपा र अन्यदलबाट ४० जना गरी १ सय १० जना पार्टी प्रवेश गरेको नेकपा (एस) झापा जिल्ला अध्यक्ष बेदराज रेग्मीले जानकारी दिए ।