काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी ओलीसँगको आफ्नो सम्बन्ध ५० औँ वर्ष पुरानो भएको भन्दै देश निर्माणमा लागेपछि पुराना कुराहरूलाई बिर्सिएर हिँड्नुपर्ने बताएका छन् ।
शनिबार काभ्रे जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । देश चुनावमा नजाओस् भन्ने अवस्थालाई हेरेर आफ्नो पार्टी नयाँ सत्ता समीकरणमा समावेश भएको उनले बताए । सत्ता समीकरणमा समावेश हुनका लागि प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशेष आग्रह गरेको नेपालले बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले देशमा प्रतिगामी र राजतन्त्र ल्याउने प्रयत्न भइरहेको भन्दै त्यसको विरुद्धमा कम्युनिस्ट विचारधारा बोकेका शक्तिहरू एकजुट हुनुपर्ने बताए ।
‘फेरि चुनावमा यो देश नजाओस भनेर नयाँ समीक।णा स्वीकारृकाे स्वीकारेकाे भन्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीसँगको आफ्नो सम्बन्ध ५० औँ वर्ष पुरानो भएको र देश निर्माणमा लागेपछि पुराना कुराहरूलाई बिर्सिएर हिँड्नुपर्ने जिकिर गरे ।
‘पुष्पकमल दाहाल प्रचण्डसँग ४० वर्षदेखि र केपी ओलीसँग ५० वर्षको सम्बन्ध हुँदै आएको हिसाबले पुराना कुरा बिर्सेर नयाँ ठाउँमा गएकाे उनले बताए।
संख्याले सबै कुराको निर्धारण हुने भएकाेले अहिलेको सत्ता समीकरण बनेको पनि उनले बताए । ‘ एकीकृत समाजवादीका नेताहरू किन घमन्डी हुनु, कम्युनिस्ट नै आएर मिलौं भन्छन् भने आ आफ्नो पार्टी बलियो बनाउने कुरा त छँदै छ, देश बनाउने कुरामा कमसेकम मिलेर जाऔँ भन्ने भएपछि हाम्रो पार्टी नयाँ गठबन्धनमा सहभागी हुने निर्णय गर्यौँ,’ नभपालले भने नयाँ गठबन्धनले साझा कार्यक्रम, विचार र नीतिमा सहमति, कार्यक्रममा एक धारणा बनाउने भनेर दस्तावेज बनाएको र ‘न्युनतम नीति, प्राथमिकता र साझा संकल्प’ नामक उक्त दस्तावेज शनिबार प्रधानमन्त्रीलाई बुझाइएकाे उनले बताए ।




















