इलाम — बैशाख १५ गते  इलाम- २ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि २० जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार निर्वाचनका लागि १२ जना दलका र ८ जना स्वतन्त्र गरी २० जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।
उम्मेदवारी दिनेहरूमा नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर बहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, नेपाल मजदुर किसान पार्टीबाट  श्यामबहादुर दर्जी, राप्रपाबाट लक्ष्मी गुरुङ, नेपाली जनता दलबाट रेशम बहादुर सुनार, मंगोल नेशनल अर्गनाइजेसनबाट मणिबहादुर लिम्बू , जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेशनल रिपब्लिक नेपालबाट धनराज रानामगर, राप्रपा नेपालबाट गणेशबहादुर चौहान,  राष्ट्रिय जनमुक्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाह र एकीकृत समाजवादीबाट जितबहादुर राई छन् । 
त्यस्तै स्वतन्त्र उम्मेदवारी दिनेहरुमा अर्जुन बहादुर शाही, केशव कुमार चापागाई, डकेन्द्र सिंह लिम्बू , डाकप्रसाद गौतम, दिपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्याल छन् ।