काठमाडौं — नेकपा एमाले सल्यानको अध्यक्षमा भीमबहादुर सेन निर्वाचित भएका छन ।
अर्का प्रतिस्पर्धी कूलबहादुर गिरीलाई ४३ मतले पछि पार्दै सेन अध्यक्षमा निर्वाचित भएका हुन् । सेन १ सय ८२ मत प्राप्त सहित जिल्ला अध्यक्षमा निर्वाचित भए । अध्यक्ष पदका अर्का उम्मेदवार गिरिले १ सय ३९ मत पाएका थिए ।
- यो भिडियो पनि हेर्नुहोस — कवाडीका सामानबाट मोरङका १५ वर्षे वालकले बनाए इलेक्ट्रिक बाइक
कमिटीको उपाध्यक्षमा ओजबहादुर बुढाथोकी निर्वाचित भएका छन । उनले १ सय ९३ मत पाउँदा अर्का प्रतिस्पर्धी दानबहादुर केसीले १ सय २७ मत पाएका थिए ।
सचिवमा १ सय ७३ मतका साथ पुष्पा बुढाथोकी निर्वाचित भएकी छन । उनका प्रतिस्पर्धी दीपेन्द्रप्रकाश डीसीले १ सय ४३ मत पाएका थिए । उपसचिवमा गणेशमान सिंह १ सय ८० मतका साथ निर्वाचित भएका छन । अर्का प्रतिस्पर्धी गन्जमान बुढाले १ सय १३ पाएका थिए । त्यस्तै अर्का प्रतिस्पर्धी महेश देवकोटाले १४ मत ल्याएका थिए ।
महिला उपसचिवमा सहनशीलता वली डिसी १ सय ७३ मत ल्याएर निर्वाचित भएकी छन । अर्की उम्मेदवार बुद्धकुमारी खत्रीले १ सय ४१ मत ल्याएकी थिइन् ।
निर्वाचनमा कुल ३ सय ३८ मत खसेको थियो ।




















