मोरङ  —  प्रदेश समिति र नगर समितिलाई थाहा नै नदिई  कांग्रेस कृयाशिल सदस्य नविकरणमा मोरङ क्षेत्र नं ६ का सभापति तामाङले एकलौटी गर्न खोजेको भन्दै सुन्दरहरैंचा नगरपालिकाका केही वडाहरुमा बबण्डर हुन थालेको छ ।

देश भर विभिन्न स्थानमा कांग्रेसले  कृयाशिल सदस्य नविकरण तथा शुद्धीकरण अभियानलाई अगाडि बढाइरहेको बेला  सुन्दरहरैंचा नगरपालिकाको वडा नं २, ५ र ६ मा कृयाशिल सदस्य नविकरणमा विवाद हुन थालेको हो ।

 वडा तथा नगर समितिको अधिकार खोस्दै मोरङको क्षेत्र नं ६ का क्षेत्रीय सभापति देवराज तामाङले हस्तक्षेप गरेको भन्दै वडा तहमा नै  कांग्रेस कांग्रेसबीच विवाद बढ्न थालेको छ ।  

सो बिवाद सबैभन्दा बढी मोरङ क्षेत्र नं ६ को सुन्दरहरैंचा नगरपालिकाका वडा नं २, ५ र ६ मा देखिएको छ । त्यसदिन केही दिनअघि वडा नं ५ मा भएको कार्यक्रममा  हानाहानको स्थिती सिर्जना भयो । आक्रोशित काङ्ग्रे कांग्रेसीहरुले सभापति तामाङको शैलीको विरोध गर्दै कुर्सी फालाफाल गरे । 

त्यस्तै वडा नं २ मा भएको कार्यक्रममा तामाङलाई उपस्थित कार्यकर्ताले प्रश्न गरेका थिए । तामाङलाई काङ्ग्रेस वडा समितिका सदस्य तथा पदाधिकारीहरुले के काङ्ग्रेस सक्न आएको भन्दै कार्यक्रमबाट बाहिर निकालेका थिए । 

 मोरङ क्षेत्र नं ६ क्षेत्रीय सभापति देवराज तामाङले सुन्दरहरैंचा नगरपालिका वडा नं ५ मा भएको एक कार्यक्रममा बोल्दै आफ्नो क्षेत्रमा कसैलाई नबोलाउन वडाका काङ्ग्रेस सभापतिहरुलाई दबाब दिएपछि सुन्दरहरैंचा नगरपालिका वडा नं २,५ र ६ लगायत अन्य स्थानमा हुने काङ्ग्रेसको कार्यक्रममा वडा समितिकै पदाधिकारी तथा कार्यकर्ताहरु उपस्थित हुन छाडेका छन् । 

त्यस्तै सुन्दरहरैंचा नगरपालिका वडा नं ६ मा १६८ जनाले काङ्ग्रेसको कृयाशिल सदस्य लिएका छन  । जसमा सोमबार भएको कार्यक्रममा करिब १० जना व्यक्तिको मात्र उपस्थिति थियो । ६ नं वडामा भएको कार्यम्रममा सुन्दरहरैंचा नगरपालिकाका काङ्ग्रेस नगर सभापति भक्तीप्रसाद सिटौलाले क्षेत्रीय सभापति तामाङमाथि  प्रश्न गर्दै "ए साथी एक्लै कहाँ पुग्छौ" भन्ने प्रश्न गरेका थिए । 

देशभर काङ्ग्रेसमा नया जागरण ल्याउछु भन्दै हिड्ने शेखर कोइराला पक्ष रहेका क्षेत्रीय सभापति देवराज तामाङ अहिले कोइराला समुहकै कुरा सुन्न छाडेको कोइराला पक्ष निकट नेताहरु बताउँछन् । सुन्दरहरैंचामा विवाद उत्पन्न पश्चात सभापति तामाङले शेखर कोइरालाको समेत फोन उठाउन छाडेको स्रोतको दाबी छ । 

मोरङ क्षेत्र नं ६ शेखर कोइरालाको समेत क्षेत्र हो । कोइरालाले यहि क्षेत्रबाट संघीय सांसदमा विजयी बनेका हुन । तर कोइराला पक्ष नै मानिने तामाङको यो दादागिरिले काङ्ग्रेस जनको शिर निहुरिएको छ । उनले आफू बाहेक अरुलाई काङ्ग्रेस नदेख्ने शैलीले धेरै व्यक्ती काङ्ग्रेस छाडने मनस्थितिमा पुगेका छन ।