पथरी ~ मोरङ पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य इन्चार्ज मुरारी आचार्य माथि यौन दुब्र्यबहारको मुद्धा लागेको छ ।
उनलाई नगर अस्पतालकै पुर्व कर्मचारी एक महिलाले उनीबिरुद्द मुद्दा हालेकी छन । २०७८ मंसिरदेखि पटक पटक आफुमाथि स्वास्थ इन्चार्ज आचार्यले यौन दुब्र्यबहार गरेको र तत्कालिन नगर प्रमुख दिलिप कुमार राई र तत्कालीन प्रदेश संसद कृष्णकुमारी राईले घटना दवाएको उनले आरोप लगाएकी छन ।
छलफल पछि पनि नगरका स्वास्थ्य इन्चार्ज आचार्यले पटक पटक आफुमाथी यौन दुब्र्यावहार गरेपछी जागिर छोड्न बाध्य भएको पिडित युवतीको भनाई छ ।
आचार्यले २०७८ देखि २०८० बैशाख ६ गते सम्म आफुमाथी पटकपटक यौन दुब्र्यबहार गरेको कारण डर,भय र त्रासबाट बच्न जागीर छोडि कानुनी उपचारमा लागेको ती महिलाले दाबी गरेकी छन । आफुमाथि पछिल्लो समय २०८० बैशाख ३ र ६ गते कार्यलय र बाटोमा जबरजस्ती गर्न खोजेको पिडित महिलाको भनाई छ । जिल्ला प्रसासन, प्रहरी र पथरी शनिश्चरे नगर लगायतले हदम्याद कटाउन उजुरी नै लिन नमानेकोले महिलाको हक अधिकारका निम्ती बोल्ने र पहल गर्ने ओरेक नेपाल संस्थाको सहयोगमा कानुनी उपचारमा आई मुद्धा दर्ता गरेको उनको भनाई छ ।
जबरजस्ती यौन दुब्र्यबहारको आरोप लागेका पथरी शनिश्चरे नगर अस्पतालका स्वास्थ्य इन्चार्ज मुरारी आचार्य पिडित महिलाले आरोप लगाएकै दिनदेखि विदामा छन । पिडित महिलाले चैत्र २३ गते बेलबारीमा पुगेर पत्रकार सम्मेलन गरे लगतै संचारकर्मीलाई घटना लुकाईदिन आचार्यले अनुरोध समेत गरेका थिए । पिडित महिलाले आफुजस्तै अरु महिला आचार्यबाट शोषित र पिडित हुन नपरोस र आफु जस्तो अरु महिलाले पिडा भोग्नु नपरोस भनि मुद्धा दायर गरेको बताएकी छिन् ।
यता चैत २३ गते नै सोही बिषयमा घटनासँग जोडिएका प्रमुख आचार्यसँग सम्पर्क गर्दा उनले यो आरोप मात्र भएको र आफुले त्यस्तो नगरेको र आरोप लगाउने युवतीको चरित्र नै ठिक नभएको प्रतिक्रिया दिएका छन् ।


