काठमाडाैं,१९ मंसिर  । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे प्रत्यक्षतर्फकाे मतगणना सकिएकाे छ ।

प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे समानुपातिकर्फको मतगणना अन्तिम चरणमा पुगेकाे छ । निर्वाचन आयाेगका अनुसार मंगलबारसम्म मतगणना सकिनेछ ।

समानुपातिकतर्फ कुल १ करोड ४ लाख ४७ हजार ७४९ मत गणना हुँदा एमाले २८ लाख बढी मतले पहिलाे स्थानमा कायमै छ । आयाेगकाे पछिल्लाे विवरण अनुसार एमालेले २८ लाख १ हजार ८७० मत पाएकाे छ ।

नेपाली कांग्रेसले २६ लाख ७३ हजार २७, माओवादी केन्द्रले ११ लाख ६३ हजार ८५, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ६१४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ६९८,जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९ सय ४९ र जनमत पार्टीले ३ लाख ९४ हजार ५३७ मत पाएका छन् ।

एकीकृत समाजवादीले २ लाख ९४ हजार ५०४ मत मात्र पाएको छ । उ राष्ट्रिय पार्टी नबन्ने निश्चित भइसकेकाे छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६६८ र लाेकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २ सय ८४ मत पाएकाे छ ।

प्रदेश सभातर्फ समानुपातिकमा मधेस प्रदेश बाहेक अरु ६ प्रदेशमा एमाले पहिलाे नम्बरमा छ ।