विराटनगर - कोशी प्रदेश सभामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल निल भएको छ । सांसद निर्मला लिम्बू अशोक राईको पक्षमा खुलेपछि जसपा नेपाल निल भएको हो । लिम्बूले प्रदेश निर्वाचन कार्यालय पुगेर नयाँ दल जसपाको पक्षमा सनाखत गरेकी हुन् ।
निर्मला जसपा नेपालबाट समानुपातिक सांसद हुन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको छ ।




















