काठमाडौं - नेपाली कांग्रेसकी सांसद आरजु राणाले आफुले टीकापुर जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएकी छन् । मंगलबार संसद् भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै राणाले आफूले ५० हजार रुपैयाँमा टीकापुरमा जग्गा किनेको भन्दै काजगपत्र हेर्नका लागि जान सुझाव दिइन् ।

आफुले २०५३ सालमा नै जग्गा किनेको र घोटाला प्रकरण ०६८ सालमा आएको उनको भनाइ छ । यस विषयमा आफूले सरोकारवाला निकायमा रिपोर्टिङ गरिसकेको उनको भनाइ छ । उनले पावरमा हुनेले मनगणन्ते कुरा गरेको टिप्पणी गरिन् ।  सरकारले टीकापुर विकास समितिका नाममा बाँडिएको जग्गाका बारेमा अनुसन्धान गर्ने तयारी गरेको छ ।